लोकसंवाद संवाददाता | समाचार | भदौ ०४, २०७८
आफ्ना १४ जना सांसदहरूलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरू कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् ।
माधवकुमार नेपालले प्रस्ताव गरेको नेपाल कम्युनिस्ट पार्टी एमाले (समाजवादी)मा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहर"लाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका नेताहर" शुक्रबार कार्यालय समय सुरु हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका थिए ।
यसबारे जानकारी पाएपछि सभामुख सापकोटा शुक्रबार कार्यालय नै गएका छैनन् । लामो समय कुरेर बस्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभामुख सापकोटालाई फोन गरिन् । तर, सभामुख सापकोटाले आज आफू कार्यालय नआउने जानकारी गराएपछि एमाले नेताहरू सचिवालयबाट फर्किएका छन् ।