चित्रकुमार सुवेदी | साहित्य | भदौ ०४, २०७८
निकै मेहेनत गरेर
मनले उनेको फुलको माला
लगाइदिएकै हो तिमिलाई
माला लाको भोलीदेखी नै
अपमान गरेकै हौ ।
मन र मालाको
फुलको सुगन्घ विर्सिएर
एक एक गर्दे आज भोली गर्दे
चुड्दै फाल्दै सडकमा
फुल कुल्चिय पछी
मात्रै उसले टिपेको हो
र
माला बनाएको हो
तिमिले फुल फालेर
अङ्कमाल गरेउ काडालाई
जता ततै काढा राख्यौ
जब
झुइ भरी भयो फुल
बाँकी रह्यो गलामा धागो
अहिले अतालिएका छौ
माला अर्कोले लायो भनेर
तिमिलाई फुल सुहाउदैन
काढा सुहाउछ
किनकी
तिमिलाई घोच्न , दु:ख दिन
रुवाउन मात्रै आउँछ ।
आफै फुल च्यातेर
रडाको नगर
फुल मेरो भनेर
जस्ले जतन गर्छ
जसले सम्मान गर्छ
उसैले सम्मान पाउँछ
काढा भिर्नेको घाटीमा
सुहाउदैन फुलको माला
जसरी सुहाएन
महासय
तिमिलाई
हाम्रो विश्वास माया
मनले उनेको
बास्नादार फुलको माला