एमालेका तेस्रो धारका नेता पुगे ओली भेट्न

एमालेका तेस्रो धारका नेता पुगे ओली भेट्न

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०७, २०७८

१० बुँदे सहमति कार्यान्वयनका लागि अल्टिमेटम दिएका नेकपा एमालेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।

उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट लगायतका नेताहरू आज बालकोट पुगेका हुन् ।

माधवकुमार नेपाल खेमामा रहेर नेपालले नयाँ पार्टी दर्ता गरेपछि माधवको साथ छाडेका यी नेताहरूले निर्वाचन आयोगमा नेपाल खेमाको नयाँ पार्टीका नेताहरूले सनाखत गर्नुअघि नै २७ असारमा भएको १० बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न माग गरेका छन् । नेता नेपालले नपाल कम्युनिस्ट पार्६ी एकीकृत समाजवादी नामको पार्टी दर्ताका लािग निर्वाचन आयोगमा निवेदन दिएका छन् ।