लोकसंवाद संवाददाता | समाचार | भदौ ०७, २०७८
गत ३ र ४ भदौमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई दिएको धम्की र गरेको दुर्व्यवहारलाई लिएर सत्तारुढ गठबन्धनका सांसदहरूले आपत्ति जनाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले एक भिडियो अन्तर्वार्तामा समेत सभामुखमाथि शाब्दिक आक्रमण गरेका थिए । त्यसप्रति पनि उनीहरूले आपत्ति प्रकट गरेका छन् ।
आज एक विज्ञप्ति जारी गर्दै संसदीय मर्यादाविपरीत सभामुखमाथि एमालेका सांसदहरूले व्यवहार गरेको र उक्त व्यवहारले संसदीय व्यवस्था र लोकतान्त्रिक प्रणालीमाथि नै प्रहार गरेको बताएका छन् ।
विज्ञप्ति जारी गर्नेमा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, जनता समाजवादी पार्टीका नेता प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पाैडेल र सांसद जीवनराम श्रेष्ठ छन् ।
हेर्नुहोस् विज्ञप्ति :