८ भदौमा एमाले स्थायी कमिटी बस्दै, 'मध्यमार्गी'हरू पनि सहभागी हुने

८ भदौमा एमाले स्थायी कमिटी बस्दै, 'मध्यमार्गी'हरू पनि सहभागी हुने

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ ०७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले ८ भदौमा स्थायी कमिटी बैठक बोलाएको छ । पार्टी विभाजनको अन्तिम अवस्थामा पुगेका बेला भोलि बिहान ११ बजेका लागि बैठक राखिएको हो 

एमालेको असन्तुष्ट खेमाले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको र त्यसका लागि भोलि नै सनाखत गरिने भएको छ । सनाखत गर्नुअघि नै एमाले एकता जोगाउने प्रयास गर्न मध्यमार्गी भनिएका तेस्रो धारका नेताहरूले आज अध्यक्ष ओलीलाई भेटेका थिए ।

नेपाल खेमामा रहेका तर नेकपा एकीकृत समाजवादीमा नगएका भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्टलगायतका नेताहरुले १० बुँदे सहमति अक्षरस कार्यान्वयन गर्न नेतृत्वलाई सोमबारसम्मको अल्टिमेटम दिएका थिए । उनीहरू पनि भोलिको बैठकमा सहभागी हुने बताइएको छ ।