वामदेव ‘पर्ख र हेर’को अवस्थामा, एमाले बैठकमा नजाने

वामदेव ‘पर्ख र हेर’को अवस्थामा, एमाले बैठकमा नजाने

न्युज कारखाना  |  समाचार  |  भदौ १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतम सहभागी नहुने भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बिहीबार बस्न लागेको केन्द्रीय समिति बैठकमा गौतम सहभागी नहुने भएका हुन् । उनी यसअघि बोलाइएको स्थायी कमिटी बैठकमा समेत उपस्थित भएका थिएनन् ।

एमालेबाट अलग भएर वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ता गरिसकेका छन् । गौतमले माधव नेतृत्वको नयाँ दलमा पनि गएका छैनन् ।

साविक नेकपा हुँदै एमालेको आन्तरिक शक्ति संघर्षमा कहिले नेपाल समूहमा त कहिले संस्थापन ओली समूहमा देखिँदै आएका नेता गौतम एमाले अध्यक्ष केपी ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँगको छलफलपछि आफ्नो बाटो तय गर्न मनस्थितिमा देखिएका छन् । त्यसैले उनी अझै केही दिन ‘पर्ख र हेर’ को मनस्थितिमा छन् ।