लोकसंवाद संवाददाता | समाचार | भदौ १०, २०७८
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।
बुधबार सनाखतसहित दल दर्ता भएपछि नेता नेपालले दिउँसो २ बजे केन्द्रीय नेताहरूको उपस्थितिमा बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेटमा पत्रकार सम्मेलन गर्ने भएका हुन् ।
यता, नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले दल छाडेका नेताहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।