चित्रकुमार सुवेदी | साहित्य | भदौ १२, २०७८
सक्छौ भने आउ भेटेर जाँउ
सक्दैनौ बिछोड समेटेर जाँउ
किन दोष सबै थुर्पाछौ मलाई
पुग्छ एक दुई किलो छेकेर जाँउ
सधै एकै कहाँ हुन्छ नि झरी
ताप उतिकै छ सेकेर जाँउ
सुख दुख जन्म मृत्यु सबैको हो
खाली छ दिल चित्र लेखेर जाँउ
२
गोडा, हात,मन दुख्छ कोरोनाले हो कि
मुख,मुटु च्याप्पै सुक्छ कोरोनाले हो कि
मित्र आनी सत्रु आनी चोर साधु जो आएनी
एकै खाले सधै भुक्छ कोरोनाले हो कि
दाह्रा किट्दै आफु भेटे हड्डी समेत नछोड्नेले
जे खाएनी प्याच्च थुक्छ कोरोनाले हो कि
कस्तो आयो जुग जमाना कसो गरी बाचौं
मान्छे देख्दा मान्छे लुक्छ कोरोनाले हो कि