लोकसंवाद संवाददाता | समाचार | भदौ १४, २०७८
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ ।
स्रोतका अनुसार स्वास्थ्यमन्त्रीस्तरीय निर्णयले परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखामा प्रमुख डा. झलक शर्मालाई हटाएर व्यवस्थापन महाशाखाका सागर दाहाललाई ल्याइएको छ । डा. शर्मालाई व्यवस्थापन महाशाखामा पठाइएको छ ।
सार्क क्षयरोग केन्द्रका निर्देशक डा. विवेकलाल कर्णलाई परिवार कल्याण महाशाखाको निर्देशकमा सरुवा गरिएको छ भने परिवार कल्याण महाशाखाका निर्देशक डा. तारा पोख्रेललाई क्षयरोग केन्द्रमा लगिएको छ ।
क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. अनुज भट्टचनलाई कर्णाली प्रदेश निर्देशनालयमा पठाइएको छ भने उनको ठाउँमा डा. प्रकाश शाहलाई ल्याइएको छ ।
भरतपुर अस्पतालको मेडिकल सुपरिटेण्डेन्टमा डा. कृष्ण पौडेललाई नियुक्त गरिएको छ । सो अस्पतालका मेसु डा. रोशन न्यौपानेलाई गजेन्द्रनारायण स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालdf सरुवा गरिएको छ ।