न्युज कारखाना | समाचार | भदौ १७, २०७८
प्रदेश २ मा नेकपा एमालेका ११ जना सांसदले नेकपा (एकीकृत समाजवादी)लाई रोजेका छन् । जनकपुरस्थित प्रदेश २ निर्वाचन कार्यालयमा बिहीबार १० जना भौतिक रूपमा र एक जनाले पत्रमार्फत एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् ।
प्रदेश सांसदहरू शत्रुधन महतो, मञ्जु यादव, चन्द्रसेनप्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रवीन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले एकीकृत समाजवादी रोजेका हुन् ।
पत्रमार्फत भने क्यान्सर पीडित भई उपचाररत डिल्ली उप्रेतीले सनाखत गराएको प्रदेश सांसद शत्रुधन महतोले जानकाकरी दिए । विशेष कामले काठमाडौं रहेका सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीको पक्षमा सनाखत गर्न छुटेका सांसद महतोले बताए ।
प्रदेश २ मा नेकपा एमालेका २१ जना सांसद छन् ।