लोकसंवाद संवाददाता | कारोबार | भदौ १८, २०७८
प्रभु बैंकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई प्राप्ति गर्ने प्रारम्भिक समझदारीपत्रलाई स्वीकृत गरेको छ । बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले मर्जर एक्विजिसन समितिको सिफारिसबमोजिम भएको समझदारीपत्रलाई स्वीकृत गर्ने निर्णय गरेको हो ।
क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई राष्ट्र बैंकले ९ माघ २०६९ मा समस्याग्रस्त वित्तिय संस्था घोषणा गरेको थियो । नेपाल राष्ट्र बैंकबाट (ग) वर्गको इजाजतपत्र प्राप्त क्यापिटल मर्चेन्टलाई प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक समझदारी भएको थियो ।