एलिसा ढुङ्गाना | साहित्य | भदौ १९, २०७८
यदि,
आमाको दुधका धारा
र बाबाको स्नेहका नदी
एकैसाथ नबगेको भए
के हामी हुन्थ्यौँ होला र ?
के यो देश देश रहन्थ्यो होला र ?
ए ! हजुर
एकछिन् गम्भीर भएर सोचौँ न
आफूले आफैँलाई
समयको लयलाई
र कर्मको मैदानलाई
एकैछिन् महसुस गरौँ न
आमाको प्रसव पीडालाई
बाबाको परिश्रम–पसिनालाई
र, जीवनको अर्थलाई ।
त्यसो त,
जीवनयात्राको गतिशीलतामा
टक्क उभिएर
आकाशभरि चम्किएका ताराझैँ चम्किन
कैयौँ कोसिस गरेरहेकै छु
मानवताको पहाड चढ्न
जीवनमा उज्यालो छर्न
चेतनाको जङ्घार तरिरहेकै छु ।
आजभोलि
हिमालहरू, पहाडहरू, तराई मधेशहरू
एकापसमा हातेमालो गरेर
चट्टानहरु फोरिरहेका छन्,
एउटै लयमा
डाँफे र मयुरहरू
समृद्धिको इन्द्रेनीको गीत गाइरहेका छन् !
आउनोस् न
हामी पनि युग निर्माण गर्ने कसम खाआँैँ ।
देशको इतिहास रचिने
यस महान् अभियानमा सहभागी हौँ ।
०००
आजभोलि
हिमालहरू, पहाडहरू, तराई मधेशहरू
एकापसमा हातेमालो गरेर
चट्टानहरु फोरिरहेका छन्,
एउटै लयमा
डाँफे र मयुरहरू
समृद्धिको इन्द्रेनीको गीत गाइरहेका छन् !
आउनोस् न
हामी पनि युग निर्माण गर्ने कसम खाऔँ ।
देशको इतिहास रचिने
यस महान् अभियानमा सहभागी हौँ ।