लोकसंवाद संवाददाता | समाचार | बैशाख २४, २०७६
काठमाडाैं । निर्वाचन आयोगले जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउन प्रारम्भिक तयारी अघि बढाएको छ ।
सरकारको नीति तथा कार्यक्रममा उपनिर्वाचन कार्यसूची समेटिएसंगै उपनिर्वाचनको तयारीलाई सरकारले गम्भीरताका साथ लिने अपक्षासंगै आयोगले प्रारम्भिक तयारी अघि बढाएको हो । ‘उपनिर्वाचनबारे अहिले आन्तरिक छलफलमा गरिरहेका छौं’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले नेपाल समाचारपत्रसंग भन्नुभयो ‘अहिले कहा“ रिक्त छ , ऐन कानून परिमार्जन गर्नुपर्ने अवस्था छ कि छैन, मतदाता नामावली संकलन गर्नुपर्ने, मतदान केन्द्र परिर्वतन गर्नुपर्ने कि नपर्ने आदि जस्ता विषयमा आन्तरिक छलफलहरु भइरहेको छ ।’
नीति तथा कार्यक्रमको स्वीकृतिसंगै आयुक्तहरु सरकारसंग यसबारे छलफल गर्ने तयारीमा छन् । जनप्रतिनिधिविहीन रहेका संघ, प्रदेश र स्थानीय तहमा उपनिर्वाचन गराउने कार्य यसअघि चर्चामा सीमित भएको थियो । आयोगले उपनिर्वाचनको तयारीको लागि सरकारको ध्यानाकर्षण गराउ“दै आए पनि औपचारिक प्रक्रिया अघि बढेको थिएन । आजको नेपाल समाचार पत्रमा याे समाचार प्रकाशित छ ।