न्युज कारखाना | समाचार | भदौ २३, २०७८
नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक सुरु भएको छ ।
अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।
प्रतिनिधिसभामा प्रतिपक्षी नेकपा एमालेले अवरोध गर्ने संकेत गरेको छ ।