रुद्राक्षको बिरुवा रोप्दै विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

रुद्राक्षको बिरुवा रोप्दै विश्वप्रकाशले गरे कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २४, २०७८

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन् । सुन्दरीजलस्थित बीपी संग्रहालय पुगेर आसन्न १४औँ महाधिवेशनका लागि उनले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

बीपी कोइरालाको १०८औँ जन्मजयन्तीको अवसरमा बिहीबार बीपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।

आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन गर्दै छ । कांग्रेस नेता युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् । क्रियाशील सदस्यता विवाद टुंगो लागेपछि औपचारिक रूपमा घोषणा गर्ने बताएका छन् ।