लोकसंवाद संवाददाता | समाचार | भदौ २८, २०७८
प्रमुख प्रतिपक्षी दल एमाले सांसदहरूको अवरोधका कारण राष्ट्रियसभा बैठक प्रभावित भएको छ । सोमबार बसेको बैठक एमाले सांसदहरूको अवरोधपछि ३१ भदौ बुधबारसम्मका लागि स्थगित गरिएको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले संघीय संसदका दुवै सदनका बैठक चल्न दिएको छैनन् ।