४ असोजसम्मका लागि संसद् बैठक स्थगित

४ असोजसम्मका लागि संसद् बैठक स्थगित

लोकसंवाद संवाददाता  |  समाचार  |  भदौ २९, २०७८

प्रतिनिधिसभाको बैठक ४ असोजसम्मका लागि स्थगित गरिएको छ । मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले भने,   ‘अब अर्काे बैठक ४ असोज २०७८ बिहान ११ बजे बस्नेछ ।’ 

मंगलबारको बैठकले विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ भने सांसदहरू रुक्मशमशेर जबरा र मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

एमाले सांसदहरूको नाराबाजीका बीच सभामुख सापकोटाले मंगलबार बैठकलाई कार्यसूचीमा प्रवेश गराएका हुन् ।