केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

केपी ओलीले माधव नेपालविरुद्ध दायर गरेको रिट कार्की र चुडालको इजलासमा

न्युज कारखाना  |  समाचार  |  असोज ०४, २०७८

एमालेले निश्कासन गरेका १४ जना सांसदलाई पदमुक्त नगरी सभामुखले गैरकानुनी काम गरेको र तिनै व्यक्तिको सनाखतबाट निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी) दर्ता भएको भन्दै परेको मुद्दामा आज सुनुवाइ हुँदै छ ।

एमाले अध्यक्ष केपी ओलीले दर्ता गरेको रिट निवेदन न्यायाधीशद्वय दीपक कार्की र कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

एमालेले माधवकुमार नेपालसहित १४ जना सांसदलाई निश्कासन गरेको पत्र १ भदौमा संसद् सचिवालय र निर्वाचन आयोगमा पठाएको थियो । तर, सभामुख अग्निप्रसाद सापकोटाले एमालेले कारबाही गरेका सांसदलाई निश्कासन गरेको सूचना टाँस गरेका थिएनन् ।