चित्रकुमार सुवेदी | साहित्य | असोज ०८, २०७८
गाँउको मुखियाले
सजाय तोक्यो एक किसानलाई
तैले एउटा खसी जिउँदै
जोखेर लैजा
दाना पानी घाँस खोले राम्रो गर
अनुगमन गरीरहन्छौ हामी
एक बर्ष पछी
हामी आएर जोख्दा
अहिलेको भन्दा एक चोक्टो मासु
बढ्न पाउदैन
अन्यथा
तैले घर जग्गा सबै छोड्नु पर्छ ।
किसानले सजाय मन्जुर गर्यो ।
खसी पालो खुब चाकर गर्यो ।
एक बर्ष पछी खसी जिउँदै जोखीयो
मासु एकै चोक्टो बढेन
सबै चकित भए
मैले पढेको कथा
किसानले बढो चलाखी साथ
खसीको सामुन्नेमा बाघ बाधेको थियो
दाना पानी खाने बेला
खसी बाघ तिर हेर्थ्यो
मनमा चिन्ता भएपछी
जती खाए पनि के मासु लाग्थ्यो
जे हालत भो खसीको
तेही हालत हुन्छ हामी नेपालीको
एमसीसी भित्रीयो भने
हामी भोक सहन सक्छौ
सक्दैन सहन पराधिनता
सरकार
कविताले भन्छ
सजाय भोग्न तयार छु ।
भाषा नराम्रो लाग्ला
एमसीसी मुर्दाबाद