गम्भीर दवाडी | साहित्य | असोज ०९, २०७८
चन्द्रसूर्य झन्डा मुनि बस्ने हामी नेपाली
अखण्ड र एकतामा रम्ने हामी नेपाली
सेता हिमाल हरियो पहाड सुनबुट्टे तराई
बहुल भाषा संस्कृतिमा छैनौँ कोही पराई
ब्रह्मा विष्णु महेश्वर छन् जो यस जगतमा
सहिष्णुता मेचीकाली घुली बग्छ रगतमा
प्रीति लाउँछ परेवाले विरह गाउँछ न्याउली
शिरमा रातो लालगुराँस हातमा फुल्छ प्याउली
यो सृष्टि भयो कहिले यो दृष्टि अहिले
हर तरह झल्को लाग्ने मातृभूमि जहिले
आइलाग्नेलाई जाइलाग्ने वीर हामी गोर्खाली
विविधता अक्षुण रीति संस्कार सम्हाली
धारापानी