लोकसंवाद संवाददाता | समाचार | असोज ११, २०७८
काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या भएपछि विराटनगर विमानस्थलमा अवतरण गर्न नसकी काठमाडौं फर्किएको छ ।
ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसक्दा जहाज काठमाडौं फर्किएको बताइएको छ । अहिले जहाज काठमाडौंको आकाशमा होल्ड भएको छ ।