आईपीओ निष्कासनको प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो साधारणसभा

आईपीओ निष्कासनको प्रस्तावसहित अभियान लघुवित्तले डाक्यो साधारणसभा

लोकसंवाद संवाददाता  |  कारोबार  |  असोज १९, २०७८

अभियान लघुवित्त वित्तीय संस्थाले १३ कात्तिकमा दोस्रो वार्षिक साधारणसभा डाकेको छ । लघुवित्तले काभ्रेपलाञ्चोक पनौतीमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा गर्ने तयारी थालेको हो ।

सभाले गत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । कम्पनीले अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति गर्ने विषयमा पनि छलफल हुनेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायत एजेण्डा छन् । साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक शेयर (आईपीओ) जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।