माओवादी केन्द्रले तोक्यो विभागका जिम्मेवारी (सूचीसहित)

माओवादी केन्द्रले तोक्यो विभागका जिम्मेवारी (सूचीसहित)

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक ०४, २०७८

नेकपा (माओवादी केन्द्र)ले विगतमा जसजसले मन्त्रालय चलाएका छन्, उनीहरूलाई नै सबन्धित विभागको जिम्मेवारी तोकेको छ । 

बिहीबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकले अर्थ मन्त्रालय चलाएका वर्षमान पुनलाई अर्थ तथा योजना विभागको जिम्मेवारी दिइएको छ भने पराराष्ट्र मन्त्रालय चलाएका नारायणकाजी श्रेष्ठलाई विदेश मामिला विभागको जिम्मेवारी तोकेको छ । 

संचार मन्त्रालय चलाएका कृष्णबहादुर महरालाई प्रचार तथा प्रकाशन विभागको जिम्मेवारी दिइएको छ भने भूमिसुधार मन्त्रालय चलाएका हरिबोल गजुरेललाई कृषि तथा भूमिसुधार विभागको जिम्मेवारी दिइएको छ ।

१. अर्थ तथा योजना विभाग- वर्षमान पुन

२. संगठन विभाग- जनार्दन शर्मा

३. विदेश मामिला विभाग- नारायणकाजी श्रेष्ठ

४. प्रचार तथा प्रकाशन विभाग- कृष्णबहादुर महरा

५. विपद् व्यवस्थापन विभाग- सूर्य सुवेदी

६. उद्योग मामिला विभाग- वामदेव क्षेत्री

७. कृषि तथा भूमिसुधार विभाग- हरिबोल गजुरेल

८. उपभोक्ता हित संरक्षण विभाग- मात्रिका यादव

९. कोष तथा आर्थिक विभाग- डोरप्रसाद उपाध्याय

१०. खानेपानी विभाग- विना मगर

११. जलस्रोत तथा ऊर्जा- लीलामणि पोखरेल

१२. निर्वाचन विभाग- खिमलाल देवकोटा

१३. कानुन विभाग- मुक्ति प्रधान

१४. पर्यटन विभाग- झक्कुप्रसाद सुवेदी

१५. प्रादेशिक मामिला विभाग- पर्शुराम तामाङ

१६. पार्टी स्कुल विभाग- गिरिराजमणि पोखरेल

१७. पुस्तकालय तथा अभिलेख- नारायणप्रसाद शर्मा

१८. भौतिक पूर्वाधार विभाग- हरि अधिकारी

१९. युवा तथा खेलकुद विभाग- गणेशमान पुन

२०. राजकीय मामिला विभाग- रेखा शर्मा

२१. राष्ट्रिय सुरक्षा विभाग- कृष्णबहादुर महरा

२२. वन तथा वातावरण- शक्ति बस्नेत

२३. विज्ञान तथा प्रविधि विभाग- गणेश साह

२४. शिक्षा तथा मानवस्रोत विभाग- मायाप्रसाद शर्मा

२५. श्रम तथा रोजगार विभाग- रामेश्वर राय यादव

२६. संघीय संसदीय विभाग- देव गुरुङ

२७. समाज कल्याण विभाग- सत्या पहाडी

२८. सहकारी तथा गरिबी विभाग- धर्मदत्त देवकोटा

२९. शहरी विकास विभाग- देवेन्द्र पौडेल

३०. सामान्य प्रशासन विभाग- टेकबहादुर बस्नेत

३१. साहित्य तथा कला विभाग- गोपाल ठाकुर

३२. स्थानीय तह विभाग- उर्मिला अर्याल

३३. स्वास्थ्य तथा जनसंख्या विभाग- कल्पना धमला

३४. नीति अध्ययन प्रतिष्ठान- रामचन्द्र झा