रस्मिता कोइराला | साहित्य | कात्तिक ०६, २०७८
मिर्मिरे चिप्लिएकै थिएन
अध्यारो च्यातिएकै थिएन
यसबेलै एकाएक
शितलताविहिन हावा चल्यो
मुटुको दलानमा
हुरी,
मुटुको ऐनामा तान्डव
देखाउछ
घुट्को-घुट्को भय पिएर
आगो बिना नै हृदयको रङ्गमन्च जलिरहन्छ
यतिबेला,
मनको सागरमा सम्झनाका
लहरहरुको चोट गनिरहेछु
साक्षी छन,ती बिगतका तिता
सत्यहरु जो बर्तमानमा भूत
बनेर तर्साइरहेछन्
जहाँ,मेरी प्यारी आमाको
खेलिरहेका थिए मनुष्यहरु
गोहीका आसु चुहाउदै
हिडेका अबस्थामा ती आसु
पिउन परिबर्तित भैरहे
मनहरु
अबिस्वासको खुकुरीले
टाउको गिड्दै हिड्नेहरु
पनि भेटिए
दयाको भावनामा प्लास्टिक
सर्जरी गरेर हिडेका
ती स्नातकहरु अबुझ भइदिए
कानुनका कुरा गर्ने कानुनी
किराले कानुनलाइ खाइदिए
घन्टीका प्रलापहरु
चीत्कारमाथी बुट बजार्दै
मानवताका पाठ पढाइरहे
आखिर, रगतको बाछिटा
झार्ने त्यो आकाश बोलेन
यो सब दृश्य देख्नेहरुले पनि
कालो चस्मा भिरेका थिए
सर्पले भ्यागुता निले झै
ती सब मुर्ति भए,
एकदम स्तब्ध
कोहि भएनन् एउटि नारीको
मर्म बुझ्ने र उसको तर्फबाट
सत्य कुरा खोलिदिने
किनकि ,
त्यो त एक अन्धो समाज न थियो...
इटहरी १७, सुनसरी