भिमसिंह धामी | साहित्य | कात्तिक ०६, २०७८
याद
अचेल तिमी छैनौ
बस !
तिम्रा याद मात्र बाँकी छन् ।
कोही आएर ,गएर
बोलेर वा नबोलेर
जे जसरी भए पनि
मलाइ केही कुनैले छुदैन ।
बस !
तिमी मात्र तिमी देख्छु
अनि
आफै आफ बोल्छु
भौतारिन्छु र
सुन्यतामा रमाउछु ।
बानी पनि परि सक्यो
एक्लै रमाउने
एक्लै बहकिने
अनि चहकिने।
म बिर्सन्छु कुनै बेला
सास फेर्न
तर
यस्तो लाग्छ
तिमिलाइ सास बन्द हुँदा पनि
खोजी रहन्छु
एक्लै रुन्छु
मुस्किलले
पर सर्छु
र
भन्छु
ओइ मान्छे !
तिमी त ठीक छौ ?
तिमिलाई
केही त भएको छैन ?
आफू आफू रहेन
अब
म तिमी भित्र
हराएको छु
अनि तिम्रो यादमा
हराएको छु
यती सम्म हराएकी
म बाट म नै छुटे छ !!
बैतडी