लोकसंवाद संवाददाता | साहित्य | कात्तिक ०७, २०७८
काठमाडौँ । प्रत्येक बर्ष वितरण हुँदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ ।
वि. स. २०७७ साउन देखि २०७८ साउन(२०२१ सम्म) प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको हो । जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा विहान हिँडिरहेछु ', बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी रणमैदान’ रहेको पहिचान पुरस्कार कोषले जनाएको छ ।
यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेको छ । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’ र यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’ ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषण डिसेम्बर २०२१ मा हुने समेत कोषले जनाएकाे छ।