लोकसंवाद संवाददाता | समाचार | कात्तिक ११, २०७८
शहरी विकासमन्त्री रामकुमारी झाँक्री अस्वस्थ भएकी छन् । निमोनिया भएपछि उनी वीर अस्पताल भर्ना भएर उपचार गराइरहेकी छन् ।
‘मन्त्रीज्यू अस्वस्थ हुनुभएको छ’, मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले भने ।
बुधबार राति अस्पताल भर्ना भएर उपचाररत झाँक्रीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।