रस्मिता कोइराला | साहित्य | कात्तिक १२, २०७८
हो ठ्याक्कै म आज
अदालतमा नै छु
कस्तो थाहा पाइदिएको
तिमीले ?
यो पनि थाहा होला
तिमीलाई
आज मेरो मृत्युको
केशको सुनुवाइ हो
त्यसैले त ११ घन्टा भित्र
उपस्थित हुने आदेश पालना
गर्दै म अन्तिम घडीमा यहाँ
आइपुगेको छु.....
हेर न ! यो अदालत कस्तो
अदालत ?
जहाँ कुनै वकिल छैनन्
छन् त केवल रयाकमा
राखिएका कैयौं थान
फाइलहरु
उसले भन्छ, तिमी निराश
नहोउ
हेर त ! त्यो मूर्तिरूपी मानव
जसले हातमा तराजु लिएको
छ,आखामा कालो पट्टी
बाधेको छ
त्यो छदै छ नि
किन निराश हुन्छौ ?
मैले टिङ टिङ घण्टीको
आवाज सुने
मलाई कतै लगिदै छ
ए ! छाड मलाई ...कता
लगेका तिमीहरुले ?
हेर्दा हेर्दै मलाई अदालतको
कठघरामा ल्याइयो
म त एकटक हेरेको हेरै भए
मेरो स्वर्ग फक्राउने फाइल
निलिएको थियो
त्यो फाइल पो पल्टाउदै छन्
त बा...
निलिएको फाइल कताबाट
पाए यिनिहरुले
ए ! भनन मलाई
उसले मलाई चुप गराउन
खोज्छ
म धेरै बोलेको देखेर उसले
अझै धेरै हल्ला गरेउ भने
तिम्रो केश हेरिदैन भन्छ
म बिबश भएर शान्त हुन्छु
पल्टाइदैछ मेरा अतितका
पानाहरु
लामबद्द रुपमा धेरै प्रश्नचिन्ह
लगाइदै छन्
उनीहरु छलफल गर्दैछन
ए ! कत्ती धेरै छलफल गरेका
तिमीहरूले ?
मलाई केही त सोध
म तिमीहरूलाई जवाफ दि
हाल्छु नि
निर्जीव नठान मलाई... मेरो
आत्मा अझै सजिव नै छ
म त केवल बाहिरबाट पो
प्यारालाइसिस देखिन्छु त
लौ ! किन हार मानेका
तिमीहरुले ?
मेरो हत्यारालाई सजाय
दिन्छौ कि भनी सकि
नसकी म यहाँ आएको हु
कालो चस्मा नभिर न
सोध मलाई मेरो हत्याराको
बारेमा
मलाई थाहा छ... म चिन्छु
मेरो हत्यारालाई
बिन्ती छ मेरो हत्याराको
बारेमा मलाई सोध
मेरो मृत्युको केशलाई
चपाउदै झुटका सुसेली
नसुसेल
मेरो परिवारको गिदि
नलठ्याइदेउ
ए मूर्तिरुपि मानव ! त्यो कालो
पट्टि एकचोटी खोल
आँखा बन्द गरेर पनि तिम्रो
न्यायको तराजु सन्तुलित
छैन
त्यो तराजुलाई सन्तुलित
बनाउ
बिन्ती छ,मेरो परिवार र
मलाई नरुवाउ
मेरो हत्यारालाई सजाय देउ
ए ! फेरि मलाई कहाँ लैजादै
छौ ?
शववाहनमा नकोचार मेरो
शरीरलाई
नलग मलाई मुर्दाघर
म मेरो हत्यारालाई सजाय
नदिलाई यो शरीरबाट
मुक्त हुन चाहन्न
बिन्ती छ...मेरो हत्यारालाई
सजाय देउ
त्यो न्यायको तराजु सन्तुलित
बनाउ