बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

बेहोस भएपछि सीपी गजुरेल अस्पताल भर्ना

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १५, २०७८

नेकपा (माओवादी क्रान्तिकारी)का नेता सीपी गजुरेल बेहोस भएपछि अस्पताल भर्ना भएका छन् । सोमबार बिहान अचानक बेहोस भएपछि उनलाई सिभिल अस्पताल भर्ना गरिएको हो ।

अहिले उनको होस खुलेको पारिवारिक सदस्यले जानकारी दिएका छन् । अस्पताल लगिएसँगै उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।