प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

लोकसंवाद संवाददाता  |  समाचार  |  कात्तिक १६, २०७८

संसदीय सुनुवाइ समितिले बेलायत, भारत र अमेरिकाका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन १० दिने सूचना आह्वान गर्ने निर्णय गरेको छ । 

मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी भए पठाउन १० दिनको समय निर्धारण गर्ने निर्णय गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । 

कर्णका अनुसार संसद सचिवालयले उजुरी आह्वानका लागि सूचना प्रकाशन गरेको अवधि नाघेपछि सिफारिसमा परेका राजदूतको सुनुवाइ गरी अनुमोदनको प्रक्रिया सुरु हुनेछ ।

११ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।