लोकसंवाद संवाददाता | कारोबार | कात्तिक २३, २०७८
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैंकर्स संघको नयाँ कार्यसमिति घोषणा हुने भएको छ । संघले मंगलबार वार्षिक साधारणसभा आह्वान गरेर नयाँ समिति घोषणा गर्ने तयारी थालेको हो ।
साधारणसभामा अध्यक्षसहितको कार्यसमिति घोषणा गरिने भएको छ । संघमा २ नयाँ सदस्यहरू समेत चयन भएका छन् । संघको अध्यक्षमा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय सर्वसम्मत चयन भइसकेका छन् । सदस्य पदमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने चयन भएका छन् ।