लोकसंवाद संवाददाता | समाचार | कात्तिक २६, २०७८
नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले प्रधानन्यायाधीश चाेलेन्द्रशम्शेर जबराले राजीनामा दिएर बाटो खुला गरिदिनुपर्ने बताएका छन । जबराकाे राजीनामाको माग गर्दै सर्वाेच्च अदालतकै १९ जना न्यायाधीश र नेपाल बार एसाेसिएसन आन्दाेलनमा रहेका बेला उनकाे साे अभिव्यक्ति सार्वजनिक भएकाे हाे ।
न्यायाधीशहरूले न्यायालयको सुधारका लागि उठाएका आवाजहरू जायज भएको बताउँदै उनले जबराकाे विषयमा गठबन्धनमा छलफल गर्नुपर्ने सुझाव दिएका छन् ।