सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

न्युज कारखाना  |  समाचार  |  मंसिर ०१, २०७८

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताएका छन् ।

संखुवासभाको तुम्लिङ्टार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गरेका हुन् । 

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उनले दाबी गरे । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उनले बताए ।

अहिलेको ५ दलीय गठबन्धन चुनावअघिसम्म मात्र रहने कोइरालाले बताए । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसकाे तालमेल नहुने उनकाे भनाइ थियाे । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उनले बताए । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्र सहकार्य गरेको कोइरालाकाे दाबी छ ।

कोइरालाले आगामी निर्वाचनपछि कांग्रेसले बहुमतको सरकार बनाउने पनि दाबी गरे । एक्लै चुनाव लड्दा पनि आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने उनले बताए ।