सुमन थापा ‘सङ्गम’ | साहित्य | मंसिर ०४, २०७८
थोरै उनले दुखाए
अलिक धेरै
म आफै दुख्न पुगेंछु
उनको सामिप्यतामा
काँपेको थियो हृदयका भित्ताहरू...
आँखाको बाटो हुँदै
मुटुसम्मको यात्रा थियो र त
कठिन थियो उनलाई भुल्न
उनको आलिङ्गनबाट छुट्टीनु पर्दा
पीडा बोध नभएको होइन
प्रेम-हृदयतस् क्षितिजलाई छुनु पनि त हो
प्रेम-दुखाई भन्दा अझै धेरै दुख्नु पनि त हो
प्रेम-मनले मनलाई गहिराईसम्म डुबाउनु पनि त हो
त्यो गहिराई बुझाउन खोजें उनलाई
तर उनि मुस्कुराई रहे
सायद यही नै थियो प्रेमको परिभाषा ।