लोकसंवाद संवाददाता | समाचार | मंसिर ०७, २०७८
नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रको मञ्च २ तलाको हुने भएको छ ।
चितवनको नारायणी नदी किनारमा हुने उद्घाटन सत्रको मञ्च २ तलाको हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । उनका अनुसार यस विषयमा गृह मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग छलफल भएको छ ।
१०-१२ मंसिरमा चितवनमा हुने महाधिवेशनमा २०० प्रतिनिधिसहित थप ५ प्रतिशत मनोनीत सहभागी हुने र उनीहरूका लागि ३ हजार ५०० कोठा बुक गरिएको भट्टराईले जानकारी दिए । बन्द सत्रमा ५०० र उद्घाटन सत्रमा ५ हजार स्वयंसेवक खटिने भएका छन् ।