लोकसंवाद संवाददाता | समाचार | मंसिर १३, २०७८
नेकपा एमालेका नेता टंक कार्कीले सचिवमा उम्मेदवारी दिएका छन् । चितवनको सौराहमा जारी दशौं महाधिवेशन अन्तर्गत आज मनोनयन दर्ता र निर्वाचन हुन लागेको हो ।
गएराति बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै १९ पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय सदस्यहरूको नामावली पेश गरेका थिए ।
अध्यक्ष ओलीले सचिवमा पूर्वमाओवादी नेताहरु टोपबहादुर रायामाझी र लेखराज भट्टसहित छविलाल विश्वकर्मा, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्याललाई छानेका छन् ।
अध्यक्ष ओलीले प्रस्ताव गरेको नाममा असहमत नेताहरुले मनोनयन दर्ता गराएका हुन् । सचिवका लागि यसअघि सचिव रहेका भीम आचार्यले पनि मनोनयन दर्ता गराएका छन् । भीम रावलले अध्यक्षमा, घनश्याम भुसालले उपाध्यक्षमा मनोनयन गराएका छन् ।