लेखनाथ ढकाल | दृष्टिकोण | बैशाख २९, २०७६
आर्थिक विकास र समृद्धि हासिल गर्नु चुनौती छ भन्नेमा सबैको एकमत छ । तर, यसलाई कसरी हासिल गर्ने भन्नेबारे कसैले स्पष्ट मार्गचित्र बनाउन सकेका छैनन् । यसको मार्ग पहिल्याउने अर्थशास्त्री पनि देखापरेका छैनन् । बरु यसबारे विभाजित धारणा बेलाबेला सार्वजनिक भइरहन्छन् ।
मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ डो¥याउन यहाँको प्राकृतिक स्रोत प्रयोग आवश्यक छ । तर, दुर्भाग्य ! यहाँको प्राकृतिक स्रोतलाई कच्चा पदार्थका रूपमा र श्रमशक्तिलाई कामदारका रूपमा विदेश पठाइने गरिएको छ । अनि ठूलो धनराशी खर्च गरेर उपभोग्य वस्तु र सेवा आयात गरिन्छ । यो क्रम बढ्दो छ ।
सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने नारालाई मूर्त रूप दिन नागरिक तहबाटै उत्साहपूर्ण सहभागिता आवश्यक छ । तर, यसका लागि प्रभावकारी कार्यक्रम छैन ।
श्रमिकलाई सामाजिक–आर्थिक क्रियाकलापमा सक्रिय भएर लाग्न सक्ने वातावरण बनाउने हो भने मुलुकलाई आर्थिक विकास र समृद्धितर्फ डो¥याउन सकिन्छ । यसका लागि ‘श्रमिक सहकारी अभियान’ महत्वपूर्ण कोशेढुंगा बन्न सक्छ ।
सामाजिक–आर्थिक विकास तथा देशको आर्थिक रूपान्तरणमा श्रमिक सहकारी अभियानको कुरा गर्दा सहकारीसम्बन्धी केही चर्चा गर्नुपर्ने हुन्छ । सामान्यतः हाम्रो विद्यमान सहकारी अभ्यासलाई हेरेर सहकारीसम्बन्धी धारणा बनाउनेसँगै विभिन्न प्रयत्न भइरहेका छन् । तर, परिणाममुखी नतिजा नआएको अवस्थालाई हेर्न आवश्यक छ । सारांशमा यसका कयौं सकारात्मक आयाम रहेको भए पनि सहकारी क्षेत्र निकै परिमार्जन गरिनु पर्ने अवस्थामा देखिन्छ ।
श्रमिक सहकारी अभियान विद्यमान प्रयोग र सोचमा परिणाममुखी नहोला । तर, उच्च सहकारी सोच र वातावरणमा यो अभियानको थालनी नेपालको इतिहासमा नयाँ पहल हुनेछ । यसले समाजवादी आर्थिक–सामाजिक ढाँचाको जग बसाउनेछ र देशलाई आत्मनिर्भरताको बाटोमा अग्रसर बनाउने पहिलो पाइला बन्नेछ ।
सामाजिक संघ संस्था, राज्यका सबै निकाय, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र, श्रम लगायत सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा श्रम, उपभोक्ता, विकास निर्माणका काम र श्रमिकसँग सम्बद्ध काममा सरोकार राख्नेहरूले यस अभियानलाई स्थापित गर्न सहयोगी बन्नुपर्छ ।
अब सहकारीको उत्पत्ति र सैद्धान्तिक पृष्ठभूमिको चर्चा गरौं । ‘सहकार्यका आधारमा उत्पादन र आवश्यकताका आधारमा उपभोग’ भन्ने समाजवादी विचारक रोबर्ट ओवेनको आदर्श विचार र व्यावहारिक अनुभवबाट वेलायतका श्रमिकहरूले सहकारीको आविश्कार गरेका हुन् । स्वःअध्ययनबाट शिक्षित, श्रमसुधार आन्दोलनका सक्रिय र समाजका सचेत अगुवा श्रमिकबाट सुरुआत भएको सहकारी अभियान आजका दिनमा सामाजिक विकासको दर्शनका रूपमा हेरिन थालिएको छ । सहकारी पद्धति आप्mना लागि आफै निर्णयकर्ता, निन्त्रणकर्ता, नेतृत्वकर्ता, समान स्वामित्व र सामाजिक न्यायका आधारमा वितरण प्रणालीको स्कुल हो । यसलाई अव श्रमिक समुदायको जीवनमा लागू गरौं, अनि मात्र स्वाधीन र आत्मनिर्भर नेपाल बनाउने कामको वास्तविक सुरुआत हुनेछ ।
विश्वको सामाजिक अनुसन्धानको बृहत् कार्यका रूपमा लिइएको एउटा अध्ययन परियोजनापश्चात वर्तमान विश्वव्यापीकरण र खुला बजार प्रणालीको विश्वमा सहकारीलाई कसरी परिभाषित गर्ने भन्ने प्रश्नमा निकालिएको निश्कर्ष अनुसार, सहकारीहरू नागरिक आफैले आफ्नो, परिवार र समुदायको लागि काम गर्ने व्यवसायी संगठन हुन् । जनसमूहको पहलमा हुने उद्यमशीलता सहकारी हो र यसमा नागरिकको स्वःस्पूmर्त पहल खुल्छ । मानिसले स्वतन्त्र र स्वविवेकले काम गर्न पाउँदा नयाँ सिर्जनाको ढोका खुल्छ, समस्या समाधानका कयौं उपाय पत्ता लाग्छन् । स्वाभिमान र आत्मसम्मान मानिसले आप्mनो स्वविवेकमा काम गर्ने वातावरणबाट पाउँछ । सहकारीको यथार्थ र दुरगामी महिमा यही तथ्यमा आधारित छ ।
सहकारी क्षेत्र गैर–सरकारी र गैर–राजनीतिक क्षेत्र हो । राज्य र राजनीतिक क्षेत्र सहकारीका असल अभिभावक हुन्, संरक्षक हुन् । असल अभिभावकले आप्mना बच्चाको होमवर्क आफैं गरिदिने त होइन ! यदि त्यसो भयो भने त्यो बच्चा क्षमतावान र मेघावी हुन सक्दैन । क्षमतावान र मेघावी सहकारी क्षेत्र चाहिएको छ । उसको समस्या उसैले सामथ्र्य जुटाएर हल गरोस्, यो असल अभिभावकको सोच हो । यो स्कुलिङलाई बोध गर्न नसक्ने हो भने राज्यको लागि पनि भरपर्दो सहयोगी हुने गरी सहकारी क्षेत्र विकास हुन सक्दैन ।
‘सहकारी संस्था संयुक्त स्वामित्व तथा लोकतान्त्रिक रूपमा नियन्त्रित व्यवसायमार्फत् आफ्ना साझा आर्थिक, सामाजिक र सांस्कृतिक आवश्यकता तथा आकांक्षा परिपूर्ति गर्र्न स्वयम्सेवी रूपमा एकजुट हुने व्यक्तिहरूको स्वायत्त संगठन हो ।’ सहकारीको यस परिभाषालाई अझ स्पष्ट पार्ने सहकारीका मूल्य (आत्मनिर्भरता, स्व–उत्तरदायित्व, लोकतान्त्रिक, समानता, सामाजिक न्याय र ऐक्यबद्धता) हुन् । साथै आफ्ना संस्थापक÷अग्रजहरूको परम्परामा सहकारी संस्थाका सदस्यले इमान्दारिता, खुलापन, सामाजिक दायित्व, अरुको चासो राख्ने नैतिक मूल्यमा विश्वास गरी सोही अनुसारको आचरण । यी मूल्य अनुसारको व्यवहार गर्ने सात मार्गदर्शक सिद्धान्त यस प्रकार सूत्रबद्ध गरिएका छन् ।
पहिलो, स्वयंसेवी तथा खुला सदस्यता । दोस्रो, सदस्यहरूद्वारा प्रजातान्त्रिक नियन्त्रण । तेस्रो, सदस्यको आर्थिक सहभागिता । चौथो, स्वायत्तता र आत्मनिर्भरता । पाँचौ, शिक्षा, तालिम र सूचना । छैठाै, सिद्धान्त–सहकारीहरूबीच सहकार्य । सातौं, सिद्धान्त–समुदायप्रति चासो र वातावरणप्रतिको जिम्मेवारी ।
सहकारीको परिभाषा, मूल्य र सिद्धान्तको समष्टीलाई सहकारी पहिचानका अभिव्यक्ति भनेर विश्वव्यापी रूपमा स्वीकार गरिन्छ र विकास क्रममा यी अभिव्यक्ति र यिनले गरेको समाज विकासको मार्गदर्शनलाई सबैभन्दा उत्कृष्ट मोडलका रूपमा लिइएको छ ।
सन् १९९० मा लामो र बृहत् अध्ययनपछि सहकारीका पहिचान गराउने यी सिद्धान्त सूत्रबद्ध गर्ने काममा संलग्न प्रोफेसर इआन म्याकफर्सनले भनेका छन्, ‘त्यहाँ यी सिद्धान्तको समूहलाई एकैसाथ लिएमा, यी सिद्धान्तहरू ‘टुक्राहरूको योगफलभन्दा बढी हुनेछन्’, त्यहाँ मर्मस्पर्शी सम्बन्ध छ, जब एउटालाई बेवास्ता गरिन्छ, सबै अपूर्ण हुन्छन् । सहकारीलाई कुनै एउटा मात्र सिद्धान्तको आधारमा स्पष्ट निक्र्यौल गर्न सकिँदैन । सहकारीहरूले उनीहरूको सिद्धान्तलाई कति राम्रोसँग अपनाएका छन् भन्ने कुराको सम्पूर्णतामा मात्र मूल्यांकन गर्न सकिन्छ । यी सिद्धान्त र निर्दिष्ट मूल्यहरूले एकै साथ दिएको अभिव्यक्तिले विश्वका विभिन्न क्षेत्रमा रहेका सहकारीहरूको मूल्यांकन गर्न समर्थ बनाउने छन् ।’
सहकारी पहिचानका यी अभिव्यक्तिको मर्म र भावनालाई आत्मसात गरेर आजको आवश्यकता, राष्ट्रको संकल्प र हाम्रो अवस्थाको आधारमा सिर्जनात्मक वैचारिक मार्गदर्शन÷नीति, विधि–प्रक्रिया र कार्यान्वयनमा अधिक परिणाममुखी वातावरण बनाउन आवश्यक चिन्तन मनन र जिम्मेवारी बोध हुन जरुरी छ ।
यी माथीका कुराबाट असल सहकारी अभ्यासका लागि सैद्धान्तिक आधार हुनेछ । विचार/सिद्धान्त उपयुक्त भएपछि त्यसको कार्यान्वयनमा केही कमी–कमजोरी रहे पनि उचित दिशामा अघि बढ्छ ।
सहकारीको उपयोग
श्रमिक सहकारी अभियानको कार्यक्रमका रूपमा अपनाएर हामी सामाजिक–आर्थिक रूपान्तरणका लागि उपयोगी विकल्प बनाउन सक्ने छौ । औपचारिक तथा अनौपचारिक क्षेत्रमा काम गरिरहेका श्रमिकहरूका लागि ‘श्रमिक सहकारी अभियान’को कार्यक्रममार्फत् देशभरका श्रमिकहरूलाई संस्थागत रूपमा राष्ट्र निर्माणका काममा लाग्ने र प्रत्येक श्रमिकका परिवारको सामाजिक, आर्थिक तथा सांस्कृतिक स्तर उठाउन सकिने परिणाममुखी कार्यक्रम बनाउन सक्नेछौं । श्रमिक तथा सुकुम्बासीहरूलाई उनीहरूकै व्यवसायिक संगठनमा आबद्ध रहेर संस्थागत जीवन बिताउने कार्यक्रमको रूपमा श्रमिक सहकारीलाई विकास गर्न सकिन्छ । श्रमिक सहकारी अभियानबाट कृषि, पर्यटन क्षेत्रमा काम गर्ने श्रमिक, भारी बोक्ने, रिक्सा तथा ठेला चलाउने, निर्माणसम्बन्धी काम गर्ने, पशुपालन आदि क्षेत्रका असंगठित श्रमिकहरू संगठित तथा संस्थागत जीवन बिताउनेछन् । स्थानीय निकाय, गाउँ–सहर र अन्य विकास–निर्माणका काममा श्रमिकका सहकारीले संस्थागत काम गर्न थाल्ने छन् । स्थानीय तहमा स्थायी संरचनाको अभाव रहेकोमा श्रमिकको कुनै औपचारिक संगठन नभएको वर्तमान अवस्था सर्वदलीय वा अन्य नाममा उपभोक्ता समिति बनाएर गरिने कामलाई अधिक परिणाममुखी बनाउदै जान सकिने यो प्रभावकारी विकल्प पनि बन्नेछ ।
सामाजिक संघ संस्था, राज्यका सबै निकाय, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र, श्रम लगायत सबै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा श्रम, उपभोक्ता, विकास निर्माणका काम र श्रमिकसँग सम्बद्ध काममा सरोकार राख्नेहरूले यस अभियानलाई स्थापित गर्न सहयोगी बन्नुपर्छ ।
बुद्धिजीवी, स्थानीय जनप्रतिनिधि तथा राजनीतिक दलका नेता/कार्यकर्ता यस अभियानप्रति सहयोगी मात्र होइन, सहजकर्ता रहेर यो अभियानलाई राष्ट्रको एउटा प्रभावकारी अभियान बनाइनु आवश्यक छ । गरिब, श्रमिक तथा तल्लो वर्गका परिवारलाई उठाउने तथा श्रमिक वर्गलाई राष्ट्र निर्माणमा सहभागी गराउने यो प्रभावकारी विकल्प हुनेछ ।
श्रमिक सहकारीको माध्यमबाट औपचारिक तथा संस्थागत रूपमा देशभरका श्रमिक परिवारलाई राज्यले शिक्षा, स्वास्थ्य, रोजगारीको लागि राहत दिन सकिनेछ साथै उनीहरूको श्रमबाट आर्जन भएको रकमबाट उनीहरूको सामाजिक सुरक्षाका विविध कार्यक्रम स्थापित गर्न सकिने छ ।
संगठनिक संरचना र यसको कार्यान्वयनसम्बन्धी प्रदेश सरकार, स्थानीय सरकार आफैले पहल लिन सक्नेछन् । यसको सैद्धान्तिक तथा वैचारिक विषय, कानुन, विधि प्रक्रिया कार्यान्वयन आदि विषयमा अध्ययन गरी प्रभावकारी विधि तयार पारेर कार्यान्वयनमा जानु आजको आवश्यकता देखिन्छ ।