राप्रपाको अध्यक्षमा लिङ्देन: राजेन्द्र लिङ्देनले १८१७ कमल थापाकाे १६१७

राप्रपाको अध्यक्षमा लिङ्देन:  राजेन्द्र लिङ्देनले १८१७ कमल थापाकाे १६१७

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७८

काठमाडाै । राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २०० बढी मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । राजेन्द्र लिङ्देनले १८१७ मत प्राप्त भएका हुन भने प्रतिद्वन्दी कमल थापाकाे १८१७ मत प्राप्त गरेका छन् ।  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिवार मतदान भएको थियाे । नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका थियो । बुधवारदेखि सुरू भएको महाधिवेशनमा शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो ।

निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् ।

प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको थियाे  ।