राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित

राप्रपामा पूर्वआईजीपी र पूर्वजर्नेल निर्वाचित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ । नयाँ कमिटीमा नेपाल प्रहरीका  पूर्व प्रहरी महानिरीक्षक (आईजीपी) र एक जना नेपाली सेनाका पूर्वजर्नेल निर्वाचित भएका छन् ।

पूर्वआईजीपी ध्रुवबहादुर प्रधान कमल थापा प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका छन् । 

त्यसैगरी पूर्वजर्नेल तथा स्पेनका लागि पूर्व नेपाली राजदूत भरतबहादुर रायमाझीले ३४औँ एक हजार १०९ मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।