बाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन

बाग्मती प्रदेश सभापतिमा बानियाँलाई प्रधानको समर्थन

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १९, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बाग्मती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणको मतदान हुँदै छ । बिहान ११ बजेदेखि दोस्रो चरणको मतदान सुरु भएको हो ।

पहिलो चरणको मतदानमा सभापतिका ३ उम्मेदवारमध्ये इन्द्रबहादुर बानियाँले ४८ प्रतिशत मात्र मत ल्याएपछि दोस्रो चरणको निर्वाचनबाट सभापतिको छिनोफानो गर्न लागिएको हो ।

पहिलो चरणको निर्वाचनमा तेस्रो स्थानमा रहेका भीमसेनदास प्रधानले सबैभन्दा धेरै मत ल्याउने बानियाँलाई समर्थन जनाएका छन् । प्रधानले १९७ मत ल्याएका थिए । उनी कृष्णप्रसाद सिटौला खेमाबाट सभापतिमा उम्मेदवारी दिएका थिए । केन्द्रमा सभापति शेरबहादुर देउवा र सिटौलाबीच गठबन्धन छ ।

दोस्रो स्थानमा मत पाउने संस्थापनइतरका जगदीश्वरनरसिंह केसी र बानियाँबीच चुनावी प्रतिस्पर्धा हुँदै छ ।