लोकसंवाद संवाददाता | समाचार | पुस ०१, २०७८
नेपाली कांग्रेसको २ महामन्त्रीका लागि भएको निर्वाचनको मत गणनामा गगनकुमार थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार एक हजार ६९५ मत गन्दा थापाले एक हजार १५५ र विश्वप्रकाशले ७४१ मत ल्याएर अग्रता कायम राखेका छन् ।
उनीहरूलाई पछ्याएका प्रदीप पौडेलले ६१८ र डा. मीनेन्द्र रिजालले २९६ मत ल्याएका छन् । यस्तै, डा. प्रकाशशरण महतले ५५४ र डा. राजाराम कार्कीले ४७ मत ल्याएका छन् ।