लोकसंवाद संवाददाता | समाचार | पुस ०१, २०७८
नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरूमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । गगनले २ हजार ८०० भन्दा बढी मत प्राप्त गरेका छन् भने शर्माले एक हजार ८०० भन्दा बढी मत प्राप्त गरेको स्रोतको भनाइ छ । निर्वाचन समितिले परिणाम घोषणा केही बेरमै गर्ने बताएको छ ।
गगन डा. शेखर कोइराला र विश्वप्रकाश प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।