लोकसंवाद संवाददाता | समाचार | पुस ०१, २०७८
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले आफूसँग एजेण्डा मिल्ने सबै दलहरूसँग एकताको आह्वान गरेको छ ।
पार्टी सचिवालयको २९ मंसिरको निर्णयअनुसार यस कामका लागि विभिन्न पार्टीहरूसँग वार्ता र छलफल गर्न पार्टीका उपाध्यक्ष रामदास गोपालीलाई संयोजक तोकिएको छ ।
संयोजक गोपालीले राप्रपा नेपालसँग वैचारिक र कार्यगत कुराहरू मिल्ने साना पार्टीहरूसँग एकता पहल गरिने बताए ।