लोकसंवाद संवाददाता | समाचार | पुस ०२, २०७८
नेपाली कांग्रेसको ५ सहमहामन्त्रीको मत गणना सुरु भएको छ । शुक्रबार केन्द्रीय कार्यालय सानेपामा दिउँसो १२ बजेपछि मत गणना सुरु भएको हो ।
यसअघि बिहीबार कुल ८ मध्ये ३ क्लस्टरमा सहमहामन्त्रीको मत गणना भएको थियो । महिला, दलित र आदिवासी जनजातितर्फ गणना हुँदा महालक्ष्मी उपाध्याय (डिना), जीवन परियार र भीष्मराज आङ्देम्बे निर्वाचित भइसकेका छन् ।
आज मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस/आर्यको मतगणना सुरु भएको निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
खस/आर्यतर्फ देउवा समूहका किशाेरसिंह राठाैरले अग्रता लिएका छन् । उनले शेखर समूहका देवराज चालिसेलाई पछि पारेका हुन् । अहिलेसम्म २०० मत गनिसकिएकाे छ, जसमा राठाैरले १०७ र चालिसेले ९१ मत पाएका छन् ।