दुगड र प्रसाईंलाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग

दुगड र प्रसाईंलाई एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभाग

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०२, २०७८

नेकपा एमालेले व्यवसायी मोतीलाल दुगडलाई उद्योग, वाणिज्य तथा आपूर्ति विभागको प्रमुख बनाएको छ ।

एमाले केन्द्रीय कमिटी बैठकले उनलाई विभागको प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो ।

दुगड एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको विशेष आर्थिक सल्लाहकार थिए । दुगडलाई ओलीले ५ मंसिर २०७६ मा उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाएका थिए ।

विभागको उपप्रमुखमा मेडिकल कलेज संचालक दुर्गा प्रसाईंलाई जिम्मेवारी दिइएको छ । उनी अध्यक्ष ओलीद्वारा एमाले केन्द्रीय सदस्यमा पनि मनोनीत भइसकेका छन् ।

एमालेवृत्तभित्रै प्रसाईंलाई केन्द्रीय सदस्य मनोनीत गरेकामा विरोध र आलोचना भने भइरहेको छ ।