लोकसंवाद संवाददाता | कारोबार | पुस ०४, २०७८
साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ कायम भएकामा आइतबार ४०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार ६०० रुपैयाँ कायम भएको हो ।
आइतबार छापावाल सुन प्रति १० ग्राम ८० हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ८१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २४५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ६७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।