सत्यमोहनको शताब्दी जन्मोत्सवमा सार्वजनिक बिदा

नगर परिक्रमा गराइँदै

सत्यमोहनको शताब्दी जन्मोत्सवमा सार्वजनिक बिदा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सोमबार सय वर्षमा पुगेको अवसरमा सार्वजनिक बिदा दिइएको छ ।

सत्यमोहनको सम्मानका लागि ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेका हुन् । महानगरका प्रवक्ता राजु महर्जनले सत्यमोहन देशकै ‘अनमोल रत्न’ भएकाले शताब्दी जन्मोत्सवमा सार्वजनिक बिदा घोषणा गरिएको बताए ।

सत्यमोहनको शताब्दी जन्मोत्सवका अवसरमा महानगरले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दैछ ।

महानगरले सत्यमोहनलाई अहिले नगरपरिक्रमा गराइरहेको छ ।