सभामुख महराको प्रतिवद्धता– मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्नेछु

सभामुख महराको प्रतिवद्धता– मिडिया काउन्सिल विधेयकलाई प्रेसमैत्री बनाउन पहल गर्नेछु
फाइल तस्बिर ।

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् ।

विधेयक फिर्ताको माग राखी सोमबार ज्ञापनपत्र बुझाउन गएका नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीसँग उनले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

उक्त विधेयकले सञ्चार क्षेत्रमा ‘अंकुश’ लगाउन खोजेकाले यसलाई तुरुन्त फिर्ता गरी सरोकारवालासँगको छलफल र सहमतिमा अर्को मस्यौदा बनाउनुपर्ने महासंघका पदाधिकारीको माग छ ।

यसका लागि दबाब लागि महासंघले आन्दोलनसमेत थालेको छ । जसअन्तर्गत आज दिउँसो ३ः३० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पनि ज्ञापनपत्र बुझाइन लागिएको महासंघले जनाएको छ ।

महासंघले आइतबार विधेयकबारे सरोकारवालासँग छलफल गरेको थियो ।