संसारको सबैभन्दा द्रुत गतिको रेलको परिक्षण शुरु

४०० किमि प्रतिघण्टाको वेग

संसारको सबैभन्दा द्रुत गतिको रेलको परिक्षण शुरु

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

जापानमा संसारको सबैभन्दा द्रुत गतिको रेलको परिक्षण शुरु भएको छ । ४०० किमि प्रतिघण्टाको वेगले दौडने यो रेलको नाम अल्फा एक्स राखिएको छ । सुरुञमा हुने हावाको अवरोधलाई निस्तेज गर्न यसमा विशेष प्रकारको प्रविधि अपनाइएको छ । यसका लागि यसको फ्रन्ट कारमा २२ मिटर लामो चुच्चो राखिएको छ जसले हावाबाट हुने प्रतिरोधको सामना गर्न सक्ने ठानिएको छ । 

गत शुक्रवारबाट परिक्षण शुरु गरिएको अल्फा एक्सलाई सन् २०३० सम्ममा संचालनमा ल्याउने तयारी गरिएको छ । यसको परिक्षण तीनवर्षसम्म जारी रहनेछ । 

बेइजिंग र साँघाइ जोड्ने चीनको फुक्सिंग होआ बुलेट ट्रेन भन्दा  अल्फा एक्सको गति १० किमि अधिक हुनेछ । अल्फा एक्सको परिक्षण जापानको सिदाई र ओमोरी शहरकोबीच हप्ताको दुईपटक हुनेछ जसको दूरी २८० किमि छ । यस्तै एउटा अर्को बुलेट ट्रेन शिन्कानसेन एन ७०० को परिक्षण एक वर्ष अघि शुरु भएको छ जसको गति ३०० किमि प्रतिघण्टा हुने दावी गरिएको छ । 

बुलेट ट्रेनको बडी निलो सिल्भरयुक्त हुनेछ । ट्रेनको रफ्तार कम गर्न परम्परागत ब्रेकको साथै म्याग्नेटिक प्लेट्स पनि रहनेछ । यसको सन्तुलन तथा आरामदायीपनका लागि डेम्पर तथा एअर सस्पेन्सन समेत रहनेछन् ।