१५६० औं प्रयासमा बनेको ड्रोन

१५६० औं प्रयासमा बनेको ड्रोन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

तपाईँ असफलताबाट चिन्तित हुनुहुन्छ । सफलताका लागि कति पटक प्रयास गर्नुपर्छ यसको कुनै मापन छैन् । चीनका एक व्यक्तिले १५५९ पटकको असफल प्रयास पछि मानिस बसेर उडान गर्न मिल्ने ड्रोनको विकास गरेका छन् । 

चीनको हुनान प्रांतको चाँगशा निवासी ४१ वर्षीय झाओले एक यस्तो ड्रोन बनाएका छन जसमा बसेर उडान भर्न पनि सकिन्छ । १५५९ पटकको असफल प्रयास पछि उनले यो ड्रोन बनाएका हुन् । 

उनको यो ड्रोनको प्रेरणाको स्रोत भने उनले बाल्यकालमा हेर्ने गरेको एउटा कार्टुनको पात्र जसले उड्ने बाइक चलाउँथे । ठूलो भएपछि उनले यस्तै खालको वाहन चलाउने सपना बनाएका थिए । 

२००८ मा उनको भेट रिमोट कन्ट्रोलबाट एअरक्राफ्ट चलाउने एउटा समूहसंग भयो । उनले यसका लागि आफ्नो जागिर पनि छोडे भने घर पनि बेचे । घर बेचेको पैसा समेत लगानी गरेर उनले यस्तो ड्रोनको विकास गरेका हुन् । उनको ड्रोन हेर्नका लागि दैनिक कैयौं मानिसहरु आउने गरेका छन् ।